बिशेषत: हरेक जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने योजनाहरु यस्ता छन्
१. सावधिक जीवन बीमा योजना
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय अबधि मा मेचुरिटी पछि बीमा सुरक्षा समाप्त हुने योजना , १ पटक मेचुरिटी दिने
२. आजीवन जीवन बीमा योजना
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय सम्म प्रिमियम भुक्तानी गरी सो अबधि को समाप्तिमा मेचुरिटी पछि पनि बीमा सुरक्षा समाप्त नहुने योजना , जिवितै १ पटक आफुलाई र अर्को पटक मृत्यु पछि हकवाला लाई
३. धन फिर्ता जीवन बीमा योजना (परम्परागत )
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय सम्म प्रिमियम भुक्तानी गरी सो अबधि को बिचमा ३/४ वा ५ वर्ष को समाप्तिमा बीमामुल्य को केही प्रतिशत अग्रिम फिर्ता प्राप्त हुने तथा बीमा अबधि समाप्तिमा मेचुरिटी मा बाँकी बिमामुल्य र पुरा अबधि को बोनस मात्र प्राप्त भई बीमा समाप्त हुने योजना
४. धन फिर्ता जीवन बीमा योजना (आधुनिक )
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय सम्म प्रिमियम भुक्तानी गरी सो अबधि को बिचमा दोस्रो वा तेस्रो वर्ष को समाप्ति देखि हरेक वर्ष बीमामुल्य को केही प्रतिशत अग्रिम फिर्ता प्राप्त हुने तथा बीमा अबधि समाप्तिमा मेचुरिटी मा बाँकी बिमामुल्य र पुरा अबधि को बोनस मात्र प्राप्त भई बीमा समाप्त हुने योजना
५. पेन्सन जीवन बीमा योजना
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय सम्म प्रिमियम भुक्तानी गरी सो अबधि को समाप्तिमा पहिलो मेचुरिटी फिर्ता लिए पछि पनि आजिबन बीमा सुरक्षा समाप्त नहुने साथै निश्चित रकम पेन्सन सरह आजिबन प्राप्त भै रहने बीमा योजना , नियमित आम्दानी दिने योजना - पहिलो र निरन्तर जिवितै पेन्सन आफुलाई र जुनसुकै बेला पुन: अर्को मेचुरीटी लिएर बीमा समाप्त गर्न सकिने योजना
६. बालबालिका जीवन बीमा योजना
अर्थात बीमा गरेको मिति देखि न्युनतम २ वर्ष वा बालबालिका को उमेर ६ वर्ष पुरा नहुन्जेल मात्र २५% जोखिमवहन प्रदान गर्ने र सो पश्चात मात्र १००% जोखिम बहन सुरु भई तोकिएको समय अबधि मा बालिग बालबालिका कै बैंक खाता मा मेचुरिटी पछि बीमा सुरक्षा समाप्त हुने योजना , १ पटक मेचुरिटी दिने
७. दम्पती जीवन बीमा योजना
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय अबधि मा मेचुरिटी पछि बीमा सुरक्षा समाप्त हुने योजना , १ पटक मेचुरिटी दिने तर औसत उमेर क आधारमा पर्ने प्रिमियम का कारण श्रीमान् र श्रीमती दुवै को एकसाथ सुरक्षा दिने योजना
८. म्यादी जीवन बीमा योजना (प्रिमियम फिर्ता हुने योजना)
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय अबधि मा मेचुरिटी मा दुर्घटना लाभ को प्रिमियम कटाएर तिरेको मूल प्रिमियम मात्र फिर्ता भई बीमा सुरक्षा समाप्त हुने योजना , १ पटक मेचुरिटी दिने
९. म्यादी जीवन बीमा योजना (प्रिमियम फिर्ता नहुने योजना)
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय अबधि सम्म मात्र बीमा सुरक्षा प्रदान गर्ने तथा अबधिको समाप्तिमा मेचुरिटी नदिने योजना
१०. एकल बीमा शुल्क भुक्तानी योजना
अर्थात बीमा गरेकै दिन देखि १००% जोखिम बहन सुरु भई तोकिएको समय अबधि मा मेचुरिटी पछि बीमा सुरक्षा समाप्त हुने योजना , १ पटक मेचुरिटी दिने
माथि उल्लेख भएका योजना बाहेक पनि हामी तपाइको सर्वाधिक फाइदा का लागि पर्सनलाईजड वा कस्टमाइजड योजनाहरु पनि बुझ्नुहोस् भन्ने सल्लाह तथा परामर्श दिन्छौं जुन बास्तवमै सामान्य बीमा योजनाहरु भन्दा समग्र मा सस्तो , कम खर्चिलो, लचिलो, तथा सर्वाधिक फाइदाजनक हुने ग्यारेन्टी गर्दछौं
पुनश्च: माथिका बीमा योजना बेच्ने एजेन्ट बीमा बजार मा तपाइको वरीपरी गल्लीगल्लीमा पाउनु हुन्छ होला, सायद तपाई पनि एउटा कुनै कम्पनीको एजेन्ट हुनुहुन्छ होला या तपाई को आफन्त वा साथीभाई एजेन्ट होलान्, तर हामी
१. बजारमा पाउने एजेन्ट को जस्तो कम्पनीको ब्रान्ड नामको अन्धभक्ति हामी गर्दैनौ , हुन सक्छ तपाई को वरिपरिको ती एजेन्ट नाम चलेका व्यक्ति होलान तर पनि ऊ कुनै एक को मात्र काम गर्दछ भने उसलाई धेरै फाइदा भएर त् गर्दै छ होला , होइन?
२. थोरै वा धेरै कमिशन को लोभमा वर्तमान बोनसदर को बेवास्ता गरी आफ्नो बिमित ग्राहक साथीभाई नातेदार लाई हामी ठग्दैनौ
३. सबै कम्पनी र कम्पनीको बीमा योजना बारेमा १००% अनुसन्धान, बिस्लेषण, मुल्यांकन गरेर मात्र हामी परामर्श दिन्छौं
४. हामी आफुलाई एजेन्ट होइन परामर्शदाता वा सल्ल्लाह्कार भन्न रुचाउछौं
५. हामी कम्पनीको लगानीकर्ता होइनौ - कुनै एउटा कम्पनी संग हाम्रो बिजनेस डिलिंग छैन
६. कुनै एउटा कम्पनीको मात्र काम गरेर आफ्नो लागि बढी फाइदा खोज्दैनौ
७. आफ्नो ग्राहकको हित का लागि सर्बाधिक बोनस तथा कम प्रिमियम लाई मात्र महत्व दिन्छौं
८. आफ्नो ग्राहकको हित का लागि कम प्रिमियममा सर्बाधिक जोखिमवहन लाई महत्व दिन्छौं
९. आफ्नो ग्राहकको हित का लागि उसको क्रय क्षमता र भविष्यको आवस्यकता लाई महत्व दिन्छौं
१०. हामी कमिशन का लागि कम गर्दैनौ हामी पारिश्रमिक को लागि काम गर्छौं
११. हामी लाई कम्पनी को टार्गेट संग कुनै मतलब छैन हाम्रो टार्गेट बिमित को फाइदा मात्र हो
१२. कम्पनी र शाखा को टार्गेट को लागि कुनै पनि गलत हत्कण्डा हामी अपनाउदैनौ
१३. तपाई को बीमा हामीले गराउनै पर्छ भन्ने केही छैन जायज काम मात्र हामी गर्छौं
१४. तपाई को बीमा हामी गराउन सक्छौ भन्ने कुनै ग्यारेन्टी छैन किनकि बीमा गर्ने नगर्ने तपाइको स्वास्थ्य अवस्थाको आधारमा र क्रय क्षमताको आधारमा अन्डरराइटिंग विभाग ले तय गर्दछ
१५. कम्पनी कुनै पनि एजेन्ट को सम्बन्धले संचालित हुदैन यो सर्वमान्य बीमा ऐन र नियमावली बाट संचालित हुन्छ त्यसैले बिमितले पाउने हरेक सुबिधा र सेवा कम्पनीको बीमा शर्तका आधारमा मात्र उपलब्ध हुन्छ एजेन्ट को काम र पहुच को आधारमा होइन
१६. तपाई भन्न सक्नुहुन्छ कि एक जना व्यक्ति कुनै एक कम्पनीको मात्र एजेन्ट बन्ने नियम छ - तपाई संग सहि जानकारी छ - यसलाई नै सिन्डिकेट प्रणाली भनिन्छ - हामी सिन्डिकेटभएर काम गर्दैनौ किनकि हामी समुह मा काम गर्छौ - त्यसैले यहाँ "म" मात्र होइन "हामी" भएर काम गर्छौं र सबैको काम गर्छौं
हाम्रो बिशेषता यति मै सकिदैन हामी तपाई लाई कुनै बीमा बेच्दैनौ - कम्पनी हाम्रो लागि बीमा गराउने साधन मात्र हो सम्मान पदवी पाउने साधन होइन र यो चाहिदैन
तपाई आफ्नो आबस्यकता र क्षमताको आधारमा सहि परामर्श लिएर मात्र बीमा लिने वा नलिने निर्णय लिन स्वतन्त्र हुनुहुन्छ - हामी तपाइलाई सम्भावाना को नयाँ संसारमा स्वागत गर्दछौं
जो कोहि बाट बीमा गराउदा पनि तपाई ऊ संग तलका प्रश्न अनिवार्य सोध्नुहोस
१. तपाई मलाई यहि योजना किन सुनाउदै हुनुहुन्छ के यो भन्दा कुनै उत्कृस्ट योजना छैन ?
२. तपाई ले भनेको यो बीमा योजना मा अहिले को बोनुस दर कति छ? देखाउनुहोस त्
३. मेचुरीटी मा कति फिर्ता आउछ होला ?
४. तपाई ले भनेको भन्दा १०% रकम घटाएर मेचुरिटीमा लिन म तयार छु सहि छाप गरेर दिनुहुन्छ ?
५. तपाई ले काम गर्ने बाहेक अरु कुनै राम्रो कम्पनी छ कि छैन?
६. तपाई कै कम्पनी मा मैले बीमा गर्नु पर्ने के छ कारणहरु?
७. एजेन्ट बन्न तपाई ले भएका कम्पनी मध्ये यहि किन छान्नुभयो ?
अन्य जानकारी तथा सम्पूर्ण सेवा चाहिने भए मलाई व्यक्तिगत रुपमा सम्पर्क गर्न मेरो मोवाइल नम्बर ९८५२०४८७४६ मा सम्पर्क वा हवाट्सएप गर्नुहोस