तपाई भन्नु होला बीमा अभिकर्ता ले बाच्नु भन्दा मर्नुमा बढी फाइदा भन्छन् , के यो साच्चै सत्य हो ?
प्रायः यस्तो देखिन्छ कि जब एक व्यक्तिले सम्पत्ति, जग्गा वा शेयरमा पैसा लगानी गर्छ, तब ऊ धेरै उत्साहित हुन्छ। त्यो लगानीले उसलाई उच्च उडानको सपना देखाउँछ। नयाँ कार किन्दा पनि उस्तै खुशी पाउँछ । तर कुनै पनि बीमामा पैसा राख्दा त्यस्तो खुशी हुँदैन । ऊ पैसा राख्छ तर भित्रबाट डर लाग्छ कि धेरै बेर चलाउन सकिदैन कि या ऊ मरेन भने मनमा अनेकौं विचार आउँछन् । र त्यसैले उसले आफूलाई चाहिने भन्दा कम पैसा जीवन बीमामा राख्छ। किनभने यो सम्पत्ति को क्षेत्रमा त्यति महत्त्वपूर्ण मानिएको छैन। मात्र १% जति व्यक्ति होलान् जसले बीमाको महत्व बुझेर आफ्नो आवश्यकता अनुसार बीमा खरिद गर्छन् ।
सम्पत्ति, जग्गा, शेयर, वा सुनमा लगानी गर्नु राम्रो हुने मानिसहरुको भनाइ छ । जहाँ बाट उच्च प्रतिफल प्राप्त हुन्छ। यो विचार चिन्ताजनक छ। यी सम्पत्ति वर्गको आफ्नै महत्त्वपूर्ण स्थान छ तर यसलाई बीमा संग तुलना गर्न सकिँदैन।
तपाईँ आज बीमा लिनुहोस् र यदि तपाईं भोलि मर्नुभयो भने तपाईंले उच्चतम प्रतिफल पाउनुहुनेछ जसले कुनै पनि सम्पत्ति वर्गको प्रतिफललाई हराउन सक्ने क्षमता राख्छ। तर मृत्यु हाम्रै हातमा छैन, कहिले मर्ने हो थाहा छैन तर मृत्यु पछि सबैको गन्तव्य एउटै हुन्छ, तैपनि यसबारेमा खुलेर कुरा गर्न कसैलाई मन पर्दैन । किनभने मुख्य व्यक्तिको अनुपस्थितिमा उनको परिवारले धेरै कठिनाइहरूको सामना गर्नुपरेको हुन्छ। सम्पत्तिको समूह वा अन्य त्यस्तो सम्पत्ति, जुन नगदमा रूपान्तरण गर्न अलि गाह्रो छ। परिवारको जीवन नगदले चल्छ, सम्पत्तिले होइन, नगदको प्रवाह सहज हुनुपर्छ भन्ने बुझ्नुपर्छ । समयमै सम्पत्ति बिक्री भयो कि भएन थाहा छैन, सेयर बजारमा लगानी गरेको पैसा बढेको छ या छैन थाहा छैन र सबैभन्दा ठूलो कुरा त परीवारको कमाउने व्यक्ति आज यो संसारमा नरहने हो भने व्यक्तिको कमाई वा नगद प्रवाह तुरुन्तै रोकिन्छ। श्रीमती कमाउन सक्दिनन् भने परिस्थितिले कस्तो रूप लिन्छ बुझ्नुहुन्छ। यदि उसको आफ्नै व्यवसाय छ भने, स्थितिले अझ गम्भीर रूप लिन सक्छ। यदि बच्चाहरू परिपक्व छैनन् भने, परिवारले यो व्यवसाय सम्हाल्न अनुभवी व्यक्तिलाई नियुक्त गर्नुपर्छ। उसको तलब पनि धेरै हुनेछ, व्यवसायमा ऋण आउन सक्छ, जसको बोझ परिवारमा पर्नेछ। यसको लागि ठूलो र पर्याप्त बीमा धेरै महत्त्वपूर्ण छ।