बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु
संभावना को नयाँ साम्राज्यमा तपाई सबै लाई स्वागत छ, हामी संग सम्पर्क मा आउनु हुने ले हामी संग नै बीमा गराउनु पर्छ भन्ने छैन साथै हामी तपाई सबैको बीमा गर्छौ नै भन्ने ग्यारेन्टी पनि हामी गर्दैनौ। हाम्रो उद्देश्य त हामी संग जोडिनु हुने जो कोही लाई पनि नि:शुल्क बीमा परामर्श तथा सेवा (अन्य जो कोही संग गरेको बीमा योजना मा समेत नि:शुल्क सेवा) दिने हो।
हाल नेपालमा जीवन बीमा कम्पनीहरु को संख्या लाई नेपालको कुल जनसङ्ख्या मा अनुपातिक रुपमा बिभाजन गर्दा हरेक १५ लाख जनसङ्ख्याका लागि एउटा कम्पनीको स्थापना भएको छ भने भौगोलिक पहुँच को आधारमा हरेक २० हजार जनसङ्ख्या का लागि एउटा शाखा/उपशाखा रहेको अबस्था छ संगै हरेक ५५ जना का लागि एक जना अभिकर्ता को नियुक्ति भएको देखिन्छ। यसरी घर घरमा अभिकर्ता बनाउने र बीमा गर्ने नीति का कारण जीवन बीमा प्रति को चेतना त बढेको छ होला तर व्यवसायीक रुपमा कसरी कम बचत/लगानी गरी सम्पूर्ण सुरक्षा सहित उच्च मुनाफा आम नागरिकले पाउन सक्छन् वा पाएका छन् भन्ने प्रश्न उठ्छ।
के मात्र एसएलसी वा एसईई उतिर्ण जो कोही पनि सामान्य तालिम लिई वा नलिई अभिकर्ता बनेर आफ्ना आफन्त नातेदार साथीभाई छरछिमेकी लाई बीमा प्रति जवाफदेही बहन गर्दै बीमा योजना र बिमितको आवश्यकता बीच सम्पूर्ण तालमेल मिलाउदै एउटा सहि योजना बिमितको हितमा दिन सक्छन् वा दिएका छन् त? यस्ता अनेकौ प्रश्नलाई थाति राख्दै,
के तपाईले बीमा गरी सक्नुभएको छ? वा गर्ने सोचमा हुनुहुन्छ ?? यदि त्यसो हो भने यी कुराहरु लाई बिशेष ध्यान दिनुपर्ने हुन्छ ;
१) बचत गर्ने क्षमता
सर्वप्रथम बीमा गर्दा आगामी बर्षहरुमा पनि बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।
२) आवश्यकता को समाधान
के कति आवश्यकताले बीमा गर्न खोज्नुभएको हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा सपष्ट हुनुपर्दछ।
३) प्रोफेशनल अभिकर्ता
जीवन बीमा अर्भिकर्ता कत्तिको professional हो? बीमा समितिबाट आधिकारीक रुपमा इजाजत प्राप्त हो या होइन? उसको अभिकर्ता लाइसेन्स खारेज त छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।
४) जोखिम व्यवस्थापन
जुन जोखिम व्यवस्थापन का लागि बीमा गराउदै हुनुहुन्छ वा जुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ, बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।
५) बीमा जानकारी प्रसारण
जीवन बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ । कम्तीमा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ ।
६) बीमाका शर्तहरु
बीमा गर्नुभन्दा पहिले र गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।
७) रकम बुझाउदा शतर्कता
सकभर चेक मार्फत बीमा शूल्क भुक्तानी गर्ने, शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद /चेक बुझाएको भर्पाइ/रसिद लिएर सुरक्षित राख्नुपर्दछ ।
८) जागरुकता
जीवन बीमा गरे पस्चात नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणको लागि बीमा शूल्क समयमै भुक्तानी गनुपर्छ, कम्तीमा ग्रेस को ३० दिनभित्र ।
९) सत्य तथ्य बिवरण
आफ्नो स्वास्थ्य संग सम्वन्धित जानकारी बीमा गर्दा न लुकाई बीमाको विषयवस्तुसँग आवश्यक हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।
१०) शतर्कता
जीवन बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ । किनकि बिमालेख हराएमा, च्यातिएमा वा जेलमा पत्रिका मा ३५ दिने बिमालेख हराएको सुचना प्रकाशित गरेर मात्र फेरी प्रतिलिपि बिमालेख लिन सकिन्छ।
११) सुनिश्चितता
आधिकारिक दर्तावाला जुनसुकै कम्पनिमा बिमा गरेपनी आफ्नो रकम हराउदैन/नियम /सम्झौता अनुसार बिमाको सुबिधा पाइन्छ ।
तर…
१२) जिम्मेवारी बोध
बीमा बाट राम्रो सेवा र लाभ लिन बीमा गर्दा तपाईँ ले गरेको बिमा अबधिमा कम प्रिमियम तथा सर्वाधिक बोनस दर भएको, राम्रो सम्मान तथा प्रतिष्ठा भएको, सबैभन्दा छिटो दावी भुक्तानी गर्ने, अन्तर्राष्ट्रिय मापदण्ड को स्थापित कम्पनी रोजेर गर्न सकियो भने पछि गएर राम्रो सेवा सरल र सहज रुपमा पाउनुको साथै धेरै रकम पनि हात पार्न सकिन्छ । तसर्थ आजै अनिवार्य बचत र सुरक्षा सङै भबिस्यको लगानीको लागि राम्रो कम्पनी रोजेर बिमा गरौं ..ढिला नगरौ!!!