कति बोनस फिर्ता आउला त???
जिवन बिमा गर्दा आजको बोनसदर को ठुलो योगदान मेचुरिटी फिर्ता मा हुन्छ अर्थात् आज तपाई ले बिमा गरेको अबधि र योजना मा उत्कृष्ट बोनस छ भने आगामी वर्षदेखि थपिदै जाने बोनस पनि उच्च नै रहनेछ, किनकि बिमा कम्पनी ले हरेक वर्ष को बोनस जोडेर पुरा बिमा अबधि ले भाग गरी औसत बोनस मात्र बिमित लाई फिर्ता गर्ने गर्दछन् ।
#उदाहरण_बाट_बुझौं : अन्य सबै बिमा कम्पनीको बोनसदर हेर्नुहोस्
बिमा अबधि : १० बर्ष
बिमाङ्क : १० लाख
सामान्य रुपमा बार्षिक प्रिमियम : रु, १,००,०००/-
सोही बर्ष मा नेपाल मा रहेको १९ जिवन बिमा कम्पनीले तपाईँको बिमा योजना मा जम्मा गरि दिने बोनसदर र बोनस तल उल्लेख छ :
२० भए - एक बर्ष मा २०,००० ( Sun Nepal Life)
२५ भए - एक बर्ष मा २५,००० (Reliable Nepal Life)
२५ भए - एक बर्ष मा २५,००० (IME Life)
३० भए - एक बर्ष मा ३०,००० (Prabhu Life)
३५ भए - एक बर्ष मा ३५,००० (Sanima Life)
३५ भए - एक बर्ष मा ३५,००० (Reliance Life)
३६ भए - एक बर्ष मा ३६,००० (Prime Life)
३८ भए - एक बर्ष मा ३८,००० (Surya Life)
३८ भए - एक बर्ष मा ३८,००० (Citizen Life)
४० भए - एक बर्ष मा ४०,००० (Union Life)
४० भए - एक बर्ष मा ४०,००० (Jyoti Life)
४२ भए - एक बर्ष मा ४२,००० (Asian Life)
५० भए - एक बर्ष मा ५०,००० (Mahalaxmi Life)
५१ भए - एक बर्ष मा ५१,००० (Gurans Life)
५४ भए - एक बर्ष मा ५४ ,००० (LIC Nepal)
६० भए - एक बर्ष मा ६०,००० (Nepal Life)
६० भए - एक बर्ष मा ६०,००० (Met Life)
६३ भए - एक बर्ष मा ६३,००० (National Life)
६५ भए - एक बर्ष मा ६५,००० (Bima Sansthan)
तपाईँ को बिमा गरेको बर्ष २०७७/०७८ भए बोनसदर सो बर्ष को हेर्नुहोस्
तपाईँको बिमा गरेको बर्ष २०७६/०७७ भए बोनसदर सो बर्ष को हेर्नुहोस्
दुई वर्ष मा बोनसदर बढेको भए वा घटेको भए पनि औसत दर मा बोनस तपाईँको खातामा जम्मा हुनेछ। उदाहरण का लागि :
२ बर्षको औसत बोनसदर = (२५००० + २५०००) / २ = २५०००
Asian Life बाट २ बर्ष मा (उदाहरण का लागि मात्र)
२ लाख लगानी मा
४२००० X २ = ८४,००० बोनस
बोनसदर को स्रोत : बिमा समिति www.nib.gov.np/tariffs
एक प्रश्न : कतै तपाईँको बिमा गराउने अभिकर्ता (एजेन्ट) ले तपाईँ लाई झुक्याउन वा ठग्न तलका वाक्यहरू त प्रयोग गरेनन् ?:-
(१) अभिकर्ताले उसले काम गर्ने कम्पनी ले सबैभन्दा बढी अबधि मा प्रदान गर्ने बोनसदर देखाई कम अबधि को बिमा गराएर ठगेेको हुनसक्छ ।
(२) अभिकर्ता ले बोनसदर बढ्न र घट्न सक्छ भनेर झुक्याएको हुनसक्छ।
(३) आफुले कमाएको कमिशन तपाईँ लाई छुट दिएर लोभ्याउन सक्छ।
(४) तपाईँ लाई बिमा गराउन नसक्दा तपाईँ लाई नै अभिकर्ता बनेर कमिशन कमाउन भनि (आफ्नो खुट्टामा आफै बन्चरो प्रहार) झुक्याएको हुनसक्छ ।
(५) तपाईँ ले गरेको बिमा मा कति बोनस, कसरी आउँछ भनी सही जानकारी न दिएको हुनसक्छ ।
सुझावहरू :
के तपाई आफ्नो नानीहरू लाई आज नपढि भविष्यमा हुने परीक्षा को दिन पढ्नु भनेर छोड्नुहुन्छ?
के तपाई बैंक मा १५% ब्याज भविष्यमा पाइएला भनेर आज २% ब्याज मा पैसा छोड्नुहुन्छ ?
यदि होइन भने , तपाईँ कसरी बिमा गर्दा आजको कम बोनसदर लाई बेवास्ता गर्दै जथाभाबी बिमा गराउनुहुन्छ?
तपाईँको मेहनतको कमाइ लाई सहि ठाउँमा लगानी गर्नुहोस् ,सही योजना मा लगानी गर्नुहोस् , बिमा गरेको छु मात्र अरूलाई भन्न का लागि बिमा नगर्नुहोस् । जो सुकै अभिकर्ता जसले तपाईँ लाई बिमा गर्न सल्लाह दिन्छ उसले सो बापत कमिशन कमाउने हो, त्यसैले तपाई मुर्ख नबनी अभिकर्ता ले आफ्नो कमिशन लाई देखे झै तपाईँ आफ्नो लगानी बाट उच्च बोनसदर र बोनस को अवसर लाई वेवास्ता नगर्नुहोस्। उच्च बोनसदर रहेको छ भने मात्र बिमित ले
१) सर्वाधिक औसत बोनस ,
२) सर्वाधिक औसत बिमा ऋण,
३) सर्वाधिक सरेन्डर मुल्य ,
४) सर्वाधिक चुक्ता मुल्य,
५) सर्वाधिक मेचुरिटी फिर्ता ,
६) सर्वाधिक मृत्यु दाबी, लिन सक्नुहुन्छ ।
Disclaimer : कुनै पनि कम्पनी छनौट गर्नु वा नगर्नु तपाईँको निर्णय हो मेरो काम बर्तमान यथार्थ संग परिचय गराउनु हो। तपईँलाई बढी वा कम जति बोनस चाहिन्छ सोही अनुसार कम्पनीको छनौट गर्नुहोस् र आफ्नो लगानी कहाँ गर्ने निर्णय पनि तपाईँ कै हो।
नेसनल लाइफमा बीमा अभिकर्ता बन्न सम्पर्क
Call/Whatsapp : 9804348746, 9852048746