अग्रिम भुक्तानी जीवन बीमा योजना
यो जीवन बीमा योजना सावधिक प्रकारको जीवन बीमा योजना नै हो । यस योजनामा किस्ताबन्दीमा अग्रिम भुक्तानीको व्यवस्था थप गरिएको हुन्छ । यो बीमा मुनाफामा सरिक हुने गरी प्रदान गरिने भएको ले बीमा अवधि समाप्त भए पछि एकमुस्ट बाँकी बिमाङ्क र पुरा बीमा अवधि को बोनस एकमुस्ट मेचुरिटी फिर्ता गरिन्छ । नेपाल मा रहेका जीवन बीमा कम्पनीहरु ले तल उल्लेख गरिए बमोजिम को अग्रिम भुक्तानी जीवन बीमा योजना बिक्री गरेको पाइन्छ
परम्परागत धनफिर्ता योजना (Term Money Back)
आवधिक धनफिर्ता अबधि : न्युनतम ३ बर्षमा
अधिकतम धनफिर्ता अबधि : हरेक ५ वर्षमा
न्युनतम बिमाङ्क : १,००,०००
अधिकतम बिमाङ्क : जति पनि
अन्य सुविधा अरु बीमा योजना सरह नै रहन्छ
कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टि नगरी पूरा बीमांक तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइन्छ ।
आधुनिक धनफिर्ता योजना (Annual Money Back)
न्युनतम बिमाङ्क : १,००,०००
अधिकतम बिमाङ्क : जति पनि
आवधिक धनफिर्ता अबधि : पहिलो प्रिमियम पश्चात बीमामुल्य को ५% (कुनै ले ६%) बाँकी बीमा अबधि सम्म फिर्ता गर्ने
आवधिक धनफिर्ता अबधि : दोस्रो प्रिमियम पश्चात बीमामुल्य को ५% (कुनै ले ६%) बाँकी बीमा अबधि सम्म फिर्ता गर्ने
अबधि समाप्ति लाभ / मेचुरिटी लाभ : बीमा अबधि समाप्ति मा पहिले भुक्तानी भएको सम्पूर्ण ५% बीमामुल्य घटाएर बाँकी रहेको बीमामुल्य मा पुरा बीमा अबधिको औसत बोनस जोडेर फिर्ता गरिन्छ ।
अन्य सुविधा अरु बीमा योजना सरह नै रहन्छ
कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टि नगरी पूरा बीमांक तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइन्छ ।